खोलामा डुबेर एकको मृत्यु


पोखरा । पोखरा लेखनाथ महानगरपालिका २६ स्थित विजयपुर खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

पानीमा डुबेको अवस्थामा ट्याक्सी चालक रामकाजी भित्रिकोटीले देखेर उपचारका लागि क्षेत्रीय अस्पताल पोखरामा ल्याइएका पहिचान नखुलेका अन्दाजी ४१ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार