संघीय संसद् सचिवालयले १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।
मस्यौदाअनुसार प्रतिनिधिसभाअन्तर्गत ७ र राष्ट्रिय सभाअन्तर्गत ३ समिति रहनेछन् ।
बाँकी ३ वटा समिति दुवै सभाको संयुक्त रूपमा बन्नेछन् ।
सचिवालयका सहसचिव भरत गौतमले यो मस्यौदा प्रारम्भिक भएको बताए ।
‘सरकारले कति मन्त्रालय राख्ने निर्णय लिन्छ, त्यसका आधारमा समितिहरू घटबढ हुन सक्छन्, अहिलेको अवस्थामा प्रतिनिधिसभामा ७, राष्ट्रिय सभामा ३ र संयुक्त ३ गरी १३ समितिको प्रस्ताव छलफलमा आएको छ,’ उनले भने, ‘हामीले प्रस्ताव मात्र गर्ने हो, अन्तिम निर्णय लिने त सार्वभौम संसद्ले नै हो ।’, यो खबर आजको कान्तिपुरमा छ ।