कमेडी गीत ‘नेपालीलाई ग्यास्ट्रिक’ मा सरापे र सीताको दमदार अभिनय


गायक तेजश रेग्मी र सिता के.सी.को आवाजमा रहेको नयाँ गीत नेपालीलाई ग्याष्टिक सार्वजनिक गरिएको छ । मुकुन्द पौडेलको शब्द रहेको गीतमा नेपालीको खानपिनले कसरी रोग निम्त्यायको छ भन्ने कुरा उठाएको छ । पछिल्लो समय टिपिकल गीतहरु स्रोता दर्शक माझ प्रस्तुत गर्दै चर्चामा रहेका रेग्मी र मलाई अमेरीका यहि जस्तो चर्चित गीतमा आवाज दिएकी सिता के.सीको यस अगाडी पनि एउटा गीत सार्वजनिक भएको थियो । जुन गीतलाई स्रोत दर्शकले निकै मन पराएका थिए । उनीहरुले यो गीतमा न्याय गरि गाएका छन भने तेजशले गीतमा लय समेत सिर्जना गरेका छन भने सिताले अभिनय समेत गरेकी छन ।

पछिल्लो समय कमेडी गीतहरुमा एक छत्र राज गरेका यादव देवकोटा सरापेले यो गीतमा मुख्य भुमिका निर्वाह गरेका छन । उनलाई गायिका सिता के.सीले साथ दिएकी छन भने कृष्ण आचार्य र गोपाल पौडेलको डक्टर र विरामीको रुपमा अभिनय देख्न सकिन्छ । गीतले मागे अनुसार अभिनय गर्ने कलाकाहरुले समेत उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन । सरोज रोशन भट्टराईले निर्देशन गरेको भिडियोले नेपाली समाजमा भइरहेको एउटा बास्तविकतालाई गीतमा प्रस्तुत गरेको छ । हरिस महराको छायांकन रहेको भिडियो लाइ सुजन शाहीले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार