मेस्सीले जिते एकैचोटी दुई अवार्ड


एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले अलफ्रेडो डि स्टेफानो र पिचिची दुई अवार्ड जितेका छन् । स्पेनमा सोमबार राति भएको एक कार्यक्रमकाबीच मेस्सीले स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्ने यो दुई अवार्ड जितेका हुन् ।

अर्जेन्टिनाका मेस्सीले ला लिगामा सन् २०१६–१७ को सिजन उत्कृष्ट खेलाडी बन्दै अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् । यस्तै मेस्सीले ला लिगामा सर्वाधिक गोल गर्दै पिचिची अवार्ड पनि जितेका हुन् ।

पिचिची अवार्ड जित्ने क्रममा मेस्सीले गत सिजन ला लिगामा ३७ गोल गरेका थिए । यो अवार्डको लागि मेस्सीले आफनै क्लबका लुइस स्वारेजलाई पछि पारेका थिए । स्वारेजले ३५ गोल गरेका थिए ।

यस्तै मार्काले प्रदान गर्ने मोष्ट भ्यालुएबल खेलाडीको अवार्ड बार्सिलोनाकै मिडफिल्डर आन्द्रेश इनिएस्टाले जिते । इनिएस्टा स्पेनकै सबैभन्दा चर्चित खेलाडीका रुपमा यो अवार्ड जितेका हुन् । त्यस्तै मार्काले मेस्सी र इनिएस्टाबाहेक अन्य पाँच खेलाडी तथा प्रशिक्षकहरुलाई विभिन्न अवार्ड प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार