सपथग्रहणपछि सिंहदरबार नगई प्रधानमन्त्री ओली सहिद पार्कमा


राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सोझै सिंहदरबार गएनन्। उनी राष्ट्रपति भण्डारीबाट सपथ लिए लगत्तै लैनचौरस्थित सहिद पार्क पुगेर सहिदहरू प्रति माल्यार्पण गरेका थिए।

त्यसपछि उनी सहिदगेटमा पुगेर सहिदलाई माल्यार्पण गर्ने कार्यक्रम छ। त्यहाँबाट बल्खु गएर मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र चम्पादेवी पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी दिए। चम्पादेवी पछि मात्र प्रधानमन्त्री ओलीले सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार