केपी ओली प्रधानमन्त्री बनेलगत्तै देउवामाथि खनिए नवराज सिलवाल


एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै नवराज सिलवालले कडा प्रतिक्रिया दिएका छन् । एमाले सांसद समेत रहेका सिलवालले बिहीबार ट्वीट गर्दै कांग्रेस सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोश पोखेका हुन् ।

सिलवालले आफ्नो ट्वीट अकाउन्टमा देउवातर्फ संकेत गर्दै भनेका छन्,‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुुलुकले आज उन्मुक्ति पाएको छ ।’
सिलवालमाथि यसअघि सर्वोच्च अदालतले आइजीपी प्रकरण विवादमा दोषी ठहर गरेको थियो । त्यसलगत्तै उनी अहिले प्रहरीको फरार सूचीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार