दुर्व्यसनी चौंथो शृंखला सार्बजनिक किन र कसरि लाग्छन युवा युवती कुलतमा (भिडियो)


नेपाली समाजमा राम्रा भन्दा नराम्रा कुराले बढी स्थान र चर्चा पाउने गर्छ युवा पुस्तालाइ जुन कुरा गर्न हुन्न र नराम्रो भन्यो त्यसैमा बढी लत लाग्ने गर्छ । आजकलका थुप्रै युवा युवतीहरु कुलतमा फस्न थालेका छन् । कति पय रहरले फस्ने गर्छन भने कति पय देखासेखिले दुर्व्यसनीमा लाग्ने गर्दछन यस्तै दुर्व्यसनी रोक्न थोरै मात्र भय पनि प्रयास स्वरुप दुर्व्यसनी नामक टेली सिरिएलको निर्माण भएको छ दुर्बयसनिको चौंथो भाग सार्बजनिक गरिएको छ ।

सेलिब्रेटी नेपालको अफिसियल च्यानल मार्फत सार्बजनिक दुर्व्यसनी नामक सिरिएलले समाजमा रहेका कुरीति र नराम्रो कुरालाई उजागर गर्ने कार्य गर्ने छ। थोरै भए पनि समाजको लागि केहि गर्न सकियोस भन्ने उदेश्यले निर्माता तथा निर्देशक द्वय शिब दाइ अधिकारी र कृष्ण फुयाल (केदार) ले यो सिरियल लाइ निर्माण तथा निर्देशन गरेका हुन्। मुख्य कलाकारको रुपमा यिनै दुइ जनाको अभिनय पनि रहेको छ । शिब दाइ अधिकारीले लेखेको कथामा शिब दाइ अधिकारी र कृष्ण फुयाल (केदार) को साथमा सन्तोष थापा,कृष्ण आचार्य,मणि बर्तौला,आयुष खनाल,श्रीराम खड्का,रिबु आचार्य,बिभु आचार्य,गौरब सुबेदी,रंजन रिमाल,भिम बस्नेत,गुञ्जन भण्डारी, मनिषा खातुन,अयुषा श्रेष्ठ,भिम बस्नेत,अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार