हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट दुई व्यक्तिको ज्यान गएको छ । कन्चनरुप नगरपालिका–५ बस्ने ४५ बर्षीया दुर्गी मुखिया र सोही स्थान बस्ने ३५ बर्षीया मन्जु साहको मंगलबार मृत्यु भएको हो ।

कोशी टप्पु बन्यजन्तु आरक्षणमा घाँस दाउरा गर्न गएका उनीहरुलाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार