सरकार गठन र पाटी एकता संगसंगै -‘अब कसैले रोकेर पार्टी एकता रोकिँदैन’


नेकपा माओवादी केन्द्रले नेकपा एमालेसंग पार्टी एकीकरण र सरकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्ण लिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रिय कार्यालयको विसतारित बैठकले पार्टी एकीकरण प्रक्रियालाइ प्रथामिकतामा राख्दै सरकार निर्माण प्रत्रिया पनि संगसंगै लैजाने निर्णय गरेको हो ।

बैठकले पार्टी एकीकरणबारे नकारात्मक टिप्पणी नगर्न मातहतका समितिलाई कडा निर्देशनसहित सकुर्लर जारी गर्ने निर्ण गरेको छ ।

साझा चुनवाी घोषणापत्र लिएर निर्वाचनमा गएका कारण सफल्ता प्राप्त भएको र सो परिणामलाई बैठकले पार्टी एकताको जनमत भएको निष्कर्ष निकालेर एमालेसंग एकीकरण प्रक्रियालाई प्राथमिकतामा राखेको प्रवक्ता पम्फा भुसालको भनाई छ ।

जनताले बाम गठबन्धनलाई अनुमोदन गरिसकेका छन् । पाटी एकता र सरकार गठन संगसंगै अघि बढ्न भुसालले भनिन्, अब कसैले रोकेर पार्टी एकता रोकिँदैन । यो खबर आजको नागरिकले लेखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार