काजमा खटिएका लेखापाल २३ दिनदेखि बेपत्ता


पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरबाट काजमा खटिएका लेखापाल कुलबहादुर थापा २३ दिनदेखि बेपत्ता भएका छन् ।

निर्देशनालयबाट मंसिर ६ मा जिल्ला हुलाक कार्यालय उदयपुर र सप्तरीको भ्रमणमा गएका थापा ९ गतेदेखि बेपत्ता भएका हुन् ।

उनकी पत्नी रेवताले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पतिको खोजी गरिदिन सरोकारवाला निकायलाई आग्रह गरिन् ।

‘मंसिर ९ गते बिहान ७ बजे आफूले फोन गरेपछि भण्टाबारीबाट हिँड्न लागेको भन्नुभएको तर आजसम्म आउनुभएको छैन,’ उनले भनिन्, ‘कार्यालय प्रयोजनका लागि खटिएका आफ्ना पतिको खोजीमा प्रहरी प्रशासनलाई गम्भीरतापूर्वक लाग्न आग्रह गर्दछु । यो खबर आजको कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार