निर्वाचन आयोगले आजै राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा आजै राष्ट्रपतिलाई बुझाउने भएको छ ।
त्यसअघि पाँच दलले पाएको सिटमा विजयी भएका समानुपातिक सांसदहरुको नाम घोषणा हुनेछ ।

समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, राजपा र फोरमले ६-६ सिट पाएको छ । दलहरुले बुझाएको नाममा कांग्रेस, माओवादी र राजपाको नमिलेपछि आयोगले सच्याउन आज बुधबार ५ बजेसम्मको समय दिएको थियो ।

दलहरुले सूची सच्याएर नाम पठाएलगत्तै आयोग प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ । आयोग प्रवक्ता नवराज ढकालका अनुसार आजै शीतल निवास जाने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार