प्रभू बैंकको नयाँ शाखा महोत्तरीमा

काठमाण्डु । प्रभू बैंकले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं १ मा आजदेखि आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले एक समारोहका बीच उक्त शाखा कार्यालय समुद्घाटन गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा महोत्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ महोत्तरीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सो शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार