भिरबाट लडेर एक जनाको मृत्यु


गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. १० थालेमाले निवासी ६९ वर्षीय श्यामलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले जानकारी दिए ।

प्रहरीका अनुसार अर्याल घर नजिकै बन्दै गरेको बिमानस्थलको रामडाँडास्थित घोरेटोबाट घर जानेक्रममा लडेर करिब ५० मिटर तल खसेकी थिए ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार