काठमाडौं । बेपता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी आयोगले आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार बेपत्तासम्बन्धी परेका ३ हजार ९३ उजुरीहरुमध्ये अधिकांश उजुरीहरु छानविनमा परेका छन् ।
तीमध्ये २ हजार २ सय ५८ उजुरीहरुलाई विस्तउृत छानविनमा लैजाने निर्णय भएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा जनाइएको छ । प्राप्त उजुरीहरुलाई तीन चरणमा छानविनमा लैजाने गरी तयारी गरिएको आयोगले जनाएको छ ।
त्यस्तै आयोगले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने ४ सय १४ उजुरीहरुलाई सत्य निरुपण तथा मेलमिलाप अयोगमा पठाएको जनाएको छ भने २ सय ७१ उजुरीहरु तामेलीमा रहेको जनाइएको छ । आयोगद्वारा जारी विज्ञप्तिमा हालसम्म ९१.९७ प्रतिशत पुरुष र ८.०३ प्रतिशत महिलाहरु बेपत्ता पारिएको जनाइएको छ ।