बाघको आक्रमणबाट १ बालकको मृत्यु

तनहूँ । बाघको आक्रमण वाट १ बालकको मृत्यु भएको छ । तनहुँ जिल्ला भानु नगरपालीका वडा नं. ३ दोरदोर टार निवासी विरेन्द्र श्रेष्ठको ६ वर्षीय छोरा विशाल श्रेष्ठको बाघको आक्रमण वाट गएराती निधन भएको छ ।

माध १ गते शिवरात्रीका दिन वेलुका ६ वजे मामघर वाट फर्कदा बाघको आक्रमणामा परेका बालकको खोजी गर्ने क्रममा राती ११ बजे विष्णु वहादुर जोशीको खरबारीमा बालकको शव मृत अवस्थामा भेटिएको स्थानिय बासिन्दा शंकर न्यौपानेले बन्दिपुर पोष्टलार्इ जानकारी दिए ।

सो घटनाकापछि स्थानियमा त्रासको वातावरणा सिर्जना भएको छ । आक्रमण गर्ने बाघलार्इ मार्नु पर्ने स्थानिय बासीको माग रहेको छ । बालकको शव प्रहरीले पोष्टमाटमका लागि दमौली जिल्ला अस्पताल लगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार