हात्ती वनभोज कार्यक्रमको थप आकर्षण

चितवन । चितवनको सौराहामा जारी १२ औं सौराहा फुड फेस्टिबलको अवसरमा हात्तीहरुलाई वनभोज खुवाइएको छ ।
प्रणय दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान ) सौराहाको आयोजनामा जारी सौराहा फुड फेस्टिबलमा बुधबार ६५ वटा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।
खाना महोत्सवमा यस वर्ष नयाँ आकर्षणका रुपमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको हो । हात्तीहरुलाई उखु , खिर , फलफुल , तरकारी लगायतको खानेकुराहरु खुवाइएको थियो । फागुन ३ गतेसम्म चल्ने खाना महोत्सवमा करिव ७० वटा स्टल रहेका छन् ।
बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको संमन्वयमा प्रेम दिवसको दिनमा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार