किन बोलाए ओलीले एमालेको आकस्मिक बैठक ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकताको निर्णय गर्न आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु मानभवनतिर लागेका छन् ।

मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा पछिल्लो समय ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार