गाँजाको तालमा पशुपति परिसरमा नाँगा बाबाहरुको चर्तिकला (भिडियो)


हरेक बर्षको शिवरात्रीमा पशुपतिमा देखिने नांगा बाबाहरुको अत्याधिक चर्चा परिचर्चा हुने गर्छ । गाँजाको तालमा पशुपति परिसरमा नाँगा बाबाहरुको चर्तिकला हेर्न धेरै मानिसहरुको भिडभाड लाग्ने गर्छ । नेपालका मात्रे होईन भारतका विभिन्न सहरबाट पशुपतिमा बाबाहरु आउने गर्छन् । गाँजाको तालमा पशुपति परिसरमा उनीहरु आगो तापेर बसेका हुन्छन् । कतिपय महिलाहरले नांगा बाबाको दर्शन गर्ने गरेको तश्विरहरु समेत सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

आज पशुपतिमा देखिएका बाबाहर आ–आफना तालमा देखिन्थे । उनीहरु बिन्दास पाराले आफ्ना गतिविधि गरिरहेका थिए । कतिपयले उनीहरुसँग गाँजा मागेर पनि खाईरहेका थिए । हरेक बर्ष जस्तै यो बर्ष पनि पशुपति आसपासमा नांगा बाबाहरुको चर्तिकला हेर्न लायक थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार