सेती देबिको बार्षिक उत्सबमा १ करोडको अक्षय कोष स्थापना


सिन्धुपाल्चोक जिल्लाको लामो साँघुमा रहेको बिद्यालय सेती देबी शारदा मा.बि.को ६६ औँ बार्षिक उत्सब तथा पुर्ब बिद्यार्थी मिलन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । शुक्रबार बिद्यालयकै प्रांगणमा भएको कार्यक्रममा थुप्रै बिद्यार्थी,शिक्षक,अभिभाबक तथा जिल्लाका गन्यमान्य व्यक्ति हरुको बाक्लो उपस्थिति रहेको थियो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सेती देबी शारदा पुर्ब बिद्यार्थी समाजले विद्यालयका अग्रज तथा निवृत्त शिक्षकहरु र समाज सेवीहरुलाई अभिनन्दन तथा सम्मान गरेको छ ।

जिल्लाकै उत्कृस्ट राजनीतिज्ञ,कलाकार,संचारकर्मी,गिनिजबुक रेकर्ड होल्डर जन्माउन सफल उक्त सेती देबी शारदा मा.बि.र पुर्ब बिद्यार्थी समाजको कार्यक्रम सम्पन्न पार्न काठमाडौँ देखि कलाकर्मी,चलचित्र निर्देशक,ब्यबसायी देखि थुप्रै पुर्ब बिद्यार्थीहरु लामो साँघु पुगेका थिए ।

बिद्यालयका प्रधान अध्यापक बासु जीसीले विद्यालयको अवस्था र भावी कार्य योजनाको बारेमा प्रस्ट पारे । पुर्ब बिद्यार्थी समाजका अध्यक्ष बिष्णु शाक्यले रु.१ करोड पुर्याउने लक्ष्यका साथ अक्क्षय कोषको घोसणा गरेका छन् । कोषमा शाक्यको तर्फ बाट रु. २५ हजार प्रदान गर्दै कोषको शुभारम्भ गरेका छन् र कोष बृद्दिका लागि अन्य सहयोगी हरुलाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य गरेर उपस्थित व्यक्तित्वहरु लाइ मनोरंजन पनि प्रदान गरेका थिय भने रास्ट्रिय नाचघर काठमाडौँ बाट बिनु शाक्यको संयोजकत्वमा सामाजिक संदेश मुलक नाटक प्रदर्शन भएको थियो । कार्यक्रम सम्पन्न गर्न ब्यबसायीहरु र अस स्टडिज र कंगारु एजुकेसनले आर्थिक सहयोग गरेका थिय । सोहि कार्यक्रममा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।कार्यक्रममा ६० जनाले रगत दान गरेका थिए नोभेल हस्पिटलका प्राबिधिक टोलीले रक्तदान कार्यको संयोजन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार