भारतीय सेनाध्यक्ष रावत आज नेपाल आउँदै


काठमाडौँ । भारतीय सेनाध्यक्ष विपीन रावत आज नेपाल भ्रमणमा आउदै छन् । नेपाल एकिकरणको २५० वर्षगाँठका अवसरमा फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विषेश अतिथिको रुपमा सहभागि हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाध्यक्ष रावतलाई विशेष अथितिका रुपमा सहभागी हुन निमन्त्रण पठाएका थिए ।

उच्च तहको सैनिक नेतृत्को भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । भारतीय सेनाध्यक्ष रावत फागुन २ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

नेपाल तथा भारतका सेनाध्यक्षलाई दुवै देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन रहेको छ । सोही अनुसार रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महाराथीको सम्मान प्रदान गरेकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार