लुम्बिनी बसपार्कमा एक्कासि थाई नागरिकको मृत्यु


लुम्बिनी । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीस्थित बसपार्कमा अकस्मात एक थाई नागरिकको मृत्यु भएको छ । स्थानीयले दिएको जानकारी अनुसार यू.पी. ६५ ई. टी. भारतीय नं. प्लेटको बस शनिवार बिहानै साढे ९ बजे लुम्बिनी बसपार्कमा पुग्ने बित्तिकै ओलेर भूईमा बसेको केही मिनेटमै ५५ बर्षीय थाई नागरिक सामी सिथोको मृत्यु भएको हो ।

मृतकको शव भीम अस्पताल भैरहवामा पोष्ट मार्टम गराई थाई राजदूताबास मार्फत थाईलैण्ड लैजाने पहल भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीले जानकारी गराए ।
बसबाट झरि भूईमा बस्ने बित्तिकै मृत्यु हुनुको पछाडी उच्चरक्तचाप वा अन्य कुनै कारण हुन सक्ने प्रहरीको प्रारम्भिक बुझाई रहेको ईप्रका लुम्बिनीका प्र.नि.राउतक्षेत्रीको भनाई छ । यद्यपि, लुम्बिनी जस्तो ठाँउमा पहिलो पटक भएको अचानक थाई नागरिकको मृत्यु प्रकरणले स्वदेश तथा बिदेशमा सनसनी फैलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार