रुपन्देहीमा भेटिए कुष्ठरोगका ५९ नयाँ बिरामी

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १० स्थानीय तहमा ३ दिनसम्म सञ्चालन गरिएको कुष्ठरोग खोज अभियानको क्रममा ५९ जना कुष्टरोगका नयाँ बिरामी भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

खोज गरिएका स्थानमध्ये सबैभन्दा बढी सम्मरीमाई गाउँपालिकामा १५ जना कुष्ठरोगी भेटिएका छन् । रुपन्देहीमा १३ महिलासहित पुराना १ सय २२ जना बिरामीले कुष्ठरोग निको पार्ने औषधि खाइरहेका छन् ।

विज्ञ टोली , स्वास्थ्यकर्मीसहित खोज अभियानमा ८ सय ३८ जना परिचालन गरिएको थियो । कुष्ठरोगको संक्रमणका हिसाबले रुपन्देही पनि जोखिमयुक्त जिल्ला हो । नेपाललाई सन् २०२० सम्म कुष्ठरोगमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार