रामेछापको भिरबाट लडेका ब्यक्ति ओखलढुंगामा फेला

रामेछाप । रामेछापमा भिरबाट लडेका एक ब्यक्तिको शब ओखलढुंगामा फेला परेको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका २ स्थित स्थानिय भिरबाट लडेका कैलालीका ३१ बर्षिय टेक बहादुर शाहको शब ओखलढुंगाको लिखु गाउँपालिका १ स्थित लिखु नदिको किनारामा फेला परेको हो ।

कैलालीको मुनियल गाउँपालिकाबाट मजदुरीका लागी शाहा रामेछाप आईपुगेका थिए । शनिबार साँझ रामेछापको साँघुटार बजारबाट किनमेल गरेर फर्कने क्रममा उनको भिरबाट लडेको ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका कार्कीले बताए ।

भिरबाट लडेर नदिमा खसेका शाहलाई प्रहरी र स्थानियको सक्रियतामा खोजी गरिदा आईतबार दिउसो नदी किनारमा मृत अवस्थामा फेला पारेका थिए । उक्त शबलाई पोष्ट माटमका लागि रामेछाप पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार