बिहेकै दिन बेहुलीले जन्माइन् बच्चा


सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा आफ्नो विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् । माघ २७ गते शनिबार बेहुलीलाई घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् ।

बच्चा जन्माए लगातै बेहुलीलाई परिवारले माइता पठाएका छन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार