त्रिशुलीमा मन्त्रालयको जिप खस्यो, यादवसहित तीन जाना बेपत्ता

सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।

बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउँने क्रममा शनिबार बिहान धादिङको बेनीघाटरोलाङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

नदिमा हराइरहेका तीनजनाको खोजी भइरहेको छ । जिपमा अरु को को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार