भारतको फारबिसगञ्जमा नेपालीको हत्या

भारत विहारको फारबिसगञ्ज प्रखण्डअन्तर्गत ढोलबज्जास्थित एक नेपालीको हत्या भएको छ ।

नवनिर्मित बिस्कुट कारखानामा कार्यरत अन्दाजी ३० वर्षीय बुद्धिलाल खवासको शव रक्ताम्ये अवस्थामा आज विहान भेटिएको हो ।

खवासको शव उनि कार्यरत रहेको बिस्कुट कारखानाको परिसरमा भेटिएको भारतीय पत्रिका हिन्दूस्तान टाईम्सका सम्वादाता वरुण मिश्राले जानकारी दिए ।

मृतकको नाम खुलेपनि उनको ठेगाना खुल्न नसकेको जनाईएको छ । मृतकलाई रड प्रहारबाट हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि विहारको अररिया पठाइएको फारबिसगञ्जका डिएसपी मनोज कुमारले जानकारी दिए । मृतक खवास नवनिर्मित कारखानामा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार