क्यान्सरसँग हारेँ तर…

जुना घर्ती मगर

फागुन चैतका दिनहरू मलाई सारै मनपर्थे । पालुवा पलाउने । न्याउली चरी बास्ने । हरियाली सिजन । सबैको मन हरियालीसँग रमाउँछ । म त झन् सधँै रमाउने मान्छे । रमाइरहेकी थिएँ ।
तर सधँै समय एकनासको भइदिँदो रहेन छ । वातवरण पालुवा पलाएर आनन्दित थियो । तर मेरो मन भने फरक हुन थाल्यो । शान्त हैन बेचैनीले छलपटिन बाध्य भए ।

समयले यस्तो ठाउँमा ल्याएर उभ्याइदियो कि यति छिटो जीवनमा यस्तो पनि सहनु पर्यो । चैतमासको चर्को घामको रापसँगै मेरो परिवारको खुसीको राप भने सेलाउने क्रम सुरु भएछ । मेरो परिवारको खुसी यति छिटै निभेर जान्छ भनेर सोचेकी पनि थिइनँ । निम्भने प्रक्रिया सुरु भयो ।

छोराछोरीको खुशीमा नरमाउने यो दुनियाँमा को पो होला र ? हो, मेरी आमा पनि मेरो खुशीका लागि काठमाडौँ आउनु भएको थियो । २०७० चैत्र ९ गतेमेरो छोरा न्युटन जन्मिएको थियो । जुन खुशीका लागि मेरी आमा हर समय चिन्ता गर्नु हुन्थो । यो समय मेरोभन्दा पनि मेरी आमाको बढी चिन्ताको बन्यो । जब बाबु जन्म्यो मेरी आमा धेरै खुशी हुनुभयो । भनिन्छ नि सावाँभन्दा ब्याज प्यारो सन्तानभन्दा नाति नातिना प्यारा । यो कुरा मेरी आमामा पनि लागू भयो । बाबु जन्मेको खबरले मेरी आमाको खुशीको सीमा रहेन । फोनमै कुरा भयो । १२ बुवा, आमा काठमाडाँै आउनुभयो ।

म र बाबुलाई देखेपछि आमाको आँखामा दुःखका होइन, खुसीको आँशुहरू बगिरहेका थिए । मैले पर छेउबाट आमालाई हेरिरहँे । मेरी आमा खुशीमा धित मरुन्जेल रुनु भयो । आँखा तीनै हुन् । आँशु तीनै हुन । आँशु झर्ने तरिका त्यही हो तर दुःखका आँशु र खुशिका आँशुले दिने आत्म सन्तुष्टि धेरै फरक हुँदो रहेछ । केही दिनपछि बुवा घर फर्किनुभयो । आमा मसँगै बस्नुभयो । तर आमालाई सन्चो थिएन । ग्यास्टिकको औषधी खानुहुन्थो । चार पाँच दिनपछि अलि गाह्रो भयो । छिमेकी मञ्जु आन्टीलाई आमाको चेकजाचका लागि चावहिलको ओम हस्पिटल पठाएँ । इन्डोसकोपीमा ग्यास्टिक देखियो र औषधिी खानुभयो । दिनरात वित्दै गर्दा मेरी आमालाई गाह्रो हुँदै गएको अनुभव गरँे । बेलाबेला छट्पटिनु हुन्थो घर जान आत्तिनु भयो । मेरी आमा मसँग धित मरुन्जेल माया नसकिँदै । योभन्दा पहिले पनि २ चोटि इन्डोसकोपी गरिसक्नुभएको थियो । फेरि मञ्जु आन्टीलाई ओम हस्पिटल पठाएँ ।

हस्पिटल पुगेपछि मेरी आमालाई डाक्टरले रिपोर्ट हेरेर बाहिर पठाउनुभएछ र आन्टीलाई बोलाउनु भएछ । रिपोर्टअनुसार डाक्टरले आन्टीलाई नाता सोध्नुभएछ । सोध्नुको कारण त्यो रहेछ, मेरी आमालाई क्यान्सर भएको रहेछ ।

डाक्टरको सल्लाहअनुसार आन्टिले म आफ्नो छोरी पठाउँछु भनेर घर फर्किनुभयो । आमालाई केही थाहा छैन । त्यो समयसम्म जब आन्टीले मलाई भन्नुभयो । नानी आमालाई त क्यान्सर भएको रहेछ । मेरी आमालाई यस्तो बिरामीले समात्छ भनेर मैले जीवनमा सोचेकी थिइनँ । मेरा कान बन्द भए । संसार नै अन्धकार भयो । थुचुक्क भुइँमा बसेँ । निःशब्द मेरा आँखाबाट आँसु बगिरहे । मेरा लागि यो संसार नै अन्धकार भयो । आमाको अनुहार मेरो अगाडि आएर घुम्न थाल्यो ।

यो समयमा म सुत्केरी थिएँ । बाबु जन्मेको १५ दिन भएको थियो । भारी सुत्केरी शरीर लिएर स्कुटरको रफ्तारमा ओम हस्पिटल पुगेँ । क्यान्सर डाक्टर सुदीप श्रेष्ठलाई भेटेँ । उहाँका अनुसार आमालाई ठूलो आन्द्रामा क्यान्सर तेस्रो स्टेपमा पुगेको र १ महिनाभित्र अप्ररेशन नगरे बढीमा ६ महिना मात्र बाच्ने कुरा गर्नु भयो । क्यान्सरले च्याप्दै जाने भन्नुभयो । तत्काल इन्डिया लान पनि कुनै सम्भव नभए तत्काल अपरेसन गराउनु होस्, आमा बचाउनलाई भन्नुभयो । आँखाका आशु रोक्दा रोक्दै पनि एकनासले बगिरहे । त्यो बेला लाग्यो मेरा आँखा होइनन्, बलेसी हो । मेरो आँखा र बलेसीमा केही फरक लागेनन् ।

हस्पिटलबाट फर्कंदा मसँग आमालाई भन्ने कुनै जवाफ थिएन । जीवनको सबैभन्दा पीडादायी दिन भएर आयो मेरो लागि । आमालाई छोरीले भन्नु पर्ने आमा तपाईंलाई क्यान्सर भएको रहेछ । मैले नै आमालाई सुनाउनु पर्ने आमा अब म छिटै टुहुरी हुँदै छु ।

अब आमालाई कसरी सम्झाउने बाटोभरी अनेक कुरा खेल्दै गएँ । भदौमा बग्ने त्रिशूलीका भेल र मेरो मनमा कुराका भेल बराबर बगे, अस्पतालबाट घर पुगुन्जेल । घर पुगँे आँखा त पुरै आँशुले भिजेका थिए । आमाले सोध्नु भयो किन बोलाको रहेछ ‘बैना’ हस्पिटलमा ? किन रोएको ? मलाई के भयो र ? एकै सासमा अनेक प्रश्न गर्नुभयो ।

मनमा पीडा लुुकाएर जवाफ दिएँ, केही पनि भएको छैन । आमा हजुरलाई ग्यास्टिकले गर्दा पेटमा सानो घाउ छ रे । त्यसका लागि सानो अपरेसन गर्नुपर्ने भयो । फेरि सोध्नु भयो, अनि किन रोएको त ? आमाका लागि सन्तानको आँखाको आँशु कति पीडादायी हुन्छ, त्यो मेरी आमाको अनुहारमा देखेँ । अन्योलमा परेँ, एकछिनपछि स्कुटरले गर्दा मेरो पेट दुख्यो अनि रोएको आमा भनेँ । तर पीडा अर्कै थियो ।

केही दिनपछि बुवा आउनुभयो । आमाको बारेमा सबै बताएँ । बुवाले आपूmलाई सम्माहाल्न सक्नुभएन । धेरै समय रुनुभयो । ढोका थुनेर बुवाछोरी धेरै रोयौँ । दिदी, भिनाजु, भाउजूलाई खबर भयो । तर आमा, बुवाको एक्लो छोरा रसियामा अध्ययन गर्दै हुनुहुन्थ्यो । हामीले उहाँलाई भन्ने आँट गरेनाँै । झुट बोल्याँै भनिदियौँ अल्सरको कारण अपरेसन गर्नुपर्ने भयो, आत्तिनु पर्दैन । तर हामी झुट बोल्दै थियौँ । बोल्न बाध्य थियौँ । किनकि झुट बोल्नुमा आमाको आयु थोरै भए पनि बढाउनु थियो । दादासँग झुट बोल्नुमा उहाँको पढाइलाई असर गर्छ भन्ने थियो । तर आमालाई अर्कै महसुस त भइसकेको थियो ।

यही क्रममा २०७१ वैशाखको २ गते आमाको अपरेसन भयो । १ घन्टापछि आमाको होस आयो । आमाको अनुहारमा मलिनता देखिन्थो । तर पनि भन्नु भयो, एक शब्द बाँचे म । तर मैले आपूmलाई सम्हाल्न सकिन र बाहिर निस्किएँ । अपरेसन गरेको १ महिनापछि किमोथेरापी दिन डाक्टर सुदीप श्रेष्ठकै भनाइ अनुसार भक्तपुर क्यान्सर हस्पिटलमा जाने निर्णय गयौँ ।

यही क्रममा महिना दिन बित्दै गयो । किमो गर्दा समयमा आमालाई धेरै गाह्रो भयो । हप्तामा ३ दिन हस्पिटल बस्नुपथ्र्यो । म दुई महिनाको बच्चासँग राति अस्पताल बस्न नमिल्ने । बुवाको रातभरीको काँचो आँखा त्यो दिन सम्झिँदा आँखामा आँशु अझै बगिरहन्छ । आमाको त्यो दुखाइ, बुबाका ती अनिदा रात, कहिले बाबु लगेरै हस्पिटल बसँुझैँ लाग्थो । नर्स, डाँक्टरले उत्तिकै कराउने बच्चा लिएर हस्पिटल नआउनुस् इन्फिेक्सन हुन्छ । कहिले कसो दिउँसो जान्थँे आमा बुवालाई छोड्न हस्पिटल केही समय बस्थेँ ।

आमा भन्न्ुाहुन्थ्यो, पैसा नहुनेको जुनी छैन ‘बहिना’ । बाटोमा मागेर उत्तिकै हिँडेका हुन्छन् । यहाँ पनि कति मान्छे पैसा छैन भनेर रोएर बस्छन्, आमाले भन्नुहुन्थ्यो । यिनीहरूलाई थोरै भए पनि सहयोग गर्नसके कति खुशी हुन्थे होलान् है । मैले भनेकी थिएँ म सहयोग गर्ने गर्छु । आमा हजुरले सोचेको पक्कै पूरा गर्ने छु भनी सान्तना दिन्थे । आफूलाई भने एक दिन भए पनि मेरो बुवालाई पालो कसैले दिन आउँछ । तर दुःखको बेला कोही हुँदैन आफ्नो भन्ने । बुढापाकाले भनेको हो जस्तो लाग्यो, त्यो बेला लाग्यो मेरो जीवनमा ।

दिन बित्यो, महिना बित्यो ६ महिनापछि मेरी आमा पुनः पहिलेकै अवस्थामा आउनुभयो । भन्नुहुन्थ्यो– मेरो छोराछोरीले धेरै प्रगति गरेको हेर्नु छ । अब म बाँचे धेरै बाँच्छु गाउँ जाँदिन । यतै बस्छु के पुगेको छैन र तेरो बुवाको पेन्सनले हामीलाई खान पुग्छ, केही वर्षपछि छोराले कमाउने हुन्छ । छोरीहरूको पीर छैन । मलाई ठाउँमा पुगिसकेउ तर मेरो एउटा मात्र छोरा कहिले कमाउने होला अर्काको देशमा कसैले केही गरिदेला आदि इत्यादि भावी सपना बुन्दै बस्नुहुन्थो । तर मेरी आमाको सपना सपनामै सीमित रहे । तर मेरी आमाले सपना देख्न छोड्नुभएन ।

६ महिनापछि आमा अलि मोटाउन थाल्नुभएको थियो । एक दिन भन्नुभयो एक चोटि रोल्पा घर गएर आउनुपर्यो । कस्तो भयो गाऊ घर भन्नुभयो । बुवाले पनि हुन्छ भन्नुभयो र जानु भयो तर घर गएको १ महिना नहुँदै आमालाई च्यापेछ क्यान्सरले ।

काठमाडाँै फर्किनुभयो तर आमाको क्यान्सर अर्को ठाउँमा सरी सकेको कुरा डाक्टरले बताउनुभयो । आमालाई दिनरात गारो हँुदै गयो । क्यान्सर सन्चो हुन के खानुपर्छ भनेर मैले दिन रात गुगलमा खोज्थँे । धेरै चीज पत्ता लागे तर सबै चीज नेपालमा पाइएन । घिउकुमारी, गाँजर, जमरा र चुकुन्दर लगातार जुस बनाएर खुवाएँ । सास हुँदासम्म आस भनेभैmँ केही सन्चो भएको हो कि जस्तो अनुभव हुन्थो । तर आमालाई च्याप्दै गएपछि २–३ दिनको बीचमा दुखाइ कम गर्ने सुई लगाइदिन्थ्यो । धेरै च्यापिसकेको थियो । दाइ रसियाबाट आएपछि इन्डिया लग्नुभयो । इन्डिया पुगेकै दिन हस्पिटल लग्न नपाई होटेलमै आमा बेहोस हुनुभयो । दुई दिन आमालाई आईसीयूमा राखियो र डाक्टरका अनुसार आमालाई धेरै च्यापिसकेकाले बचाउन नसक्ने भनेपछि पुनः काठमाडौँ फकाइयो । सास हुँदासम्म आस भनेझैँ हामी आमाको त्यो दुखाइ देखेर सहन सक्दैनथ्यौँ । आमाको अगाडि हामी खुसी देखिन्थ्यौँ । हामी एक ठाउँमा जम्मा भएर रोएर बस्थ्यौँ ।

धेरै पहिले नै छोडेको बुबाको रक्सी खानेबानी आमाको बिरामी भएसँगै पुनः फक्र्यो । हामी नखानुस् भन्ने कुनै बाटो नै थिएन ।

अन्ततः त्यो दिन मेरो जीवनमा पनि आयो । जति कोसिस गर्दा पनि मैले हारेँ । मेरी आमाले जीवनदेखि हार्नु भयो । हामीलाई छोडेर जानुभयो । म अब टुहरी भएँ । आमा कहिल्यै जुना नभन्ने गरी बिदा हुनुभयो । अब त अढाई वर्ष भयो मेरी आमाले जुन भनेर बोलाएको नसुनेको । तर पनि मेरी आमाले जुना भनेको मेरो कानमा सधँै गुन्जिरहन्छ । जीवनको अन्तिम अवस्थामा भक्तपुरको क्यान्सर अस्पतालमा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने मेरो आमाको सपना पनि मसँगै छ । आज पनि म जे छु जसरी बाँचेकी छु, मेरी आमाको त्यही सपनाले हो ।

जव क्यान्सर हुन्छ पैसाको खोलो बग्छ । सायद मसँग पनि विदेश उपचार गर्न सक्ने क्षमता भएको भए आज मेरी आमा मेरो सामु हुनुहुन्थ्यो ।

आमा वितेको साढे दुई वर्ष भयो । आमाको नाममा कुनै न कुनै काम गर्ने वाचा गरेकी थिएँ र आमाको जुन शब्द अझै पनि मेरो कानमा कुञ्जुस्यााइँ रहन्छ र तड्पिन्छ कहिले यो मन आमाको आत्मलाई म शान्ति दिन सकेन तर आमाको शक्तिले गर्दा अहिलेसम्म सफल भएको अनुभव गरेकी छु ।

आमाको मृत्युपछि मेरो एकल बाबाको आँखाबाट आँशु कहिल्यै रोकिएन । अहिले ६ महिना भयो, बुवालाई हामी ३ भाइबहिनीकै सल्लाहमा अर्को विवाह गर्न प्रस्ताव गर्दा स्वीकार्नुभयो ।

तर पनि आँशु रोकिँदैन बुवाको अझै । जब म माइती घर पुग्छु मभन्दा पहिले मेरो बुवाको आँखा रसाइसकेको हुन्छ । आपूmलाई कन्ट्रोल गर्छु र बुवालाई हसाउनतिर लाग्छु । अहिले मेरो बुवा र कान्छी ममी घरमै बस्नु भएको छ । बुवाको साहारा हामीभन्दा नि मेरी कान्छी ममी हुनुभएको छ । मेरी आमा अहिले हजुरकै पुकारले हुजुर जस्तै ममी पाएका छौँ । आमाको शब्द भुलेको छैन म मरेपछि तेरो बुवा एक पल पनि बाँच्न सक्नु हुन्न तर तेरो बुवा बाँच्नुपर्छ । किनकि तिमीहरूले गरेको प्रगति हेर्न बाँकी छ, त्यसैले म मरेपछि तेरो बुवालाई जति सकिन्छ बचाउनु र खुसी राख्न नभुलेस् तैँले भन्नुभएको थियो । आमा म सधैँ बुबाको खुशीमा आफ्नो खुशी देख्छु । बुवा पनि हजुरलाई सम्झिरहनु हुन्छ । चाडबाड आउँदा । हजुर बित्दा भर्खर बाँमे सर्ने भएको न्युटन अहिले स्कुल जाने भएको छ । सम्झन्छु माइत जाँदा बाबुलाई हजुरको काखमा छोडेर पूरा माइती गाउँ घुम्न पाएको भए कस्तो हुन्थ्यो होला । म घुमेर ढिला आउँदा न्युटनले हजुरलाई सताएको सुन्न पाइन । आमा देखेका सबै सपना पूरा हुँदैन थाहा छ तर हजुरले सपना देख्न सिकाउनुभएको हो । सपना देख्न छोडेकी छैन ।

अन्त्यमा :
मान्छे जन्मिन्छ, एक दिन मर्छ तर मर्नुअघि सबैलाई पीडा दिएर मर्छ । आज क्यान्सर दिवसको दिन सबै क्यान्सर पीडित तथा क्यान्सर पीडितका परिवारलाई आफूलाई कमजोर नसम्झिनुस् । क्यान्सरसँग लड्न सिक्नुस, हरेस नखानुस् । तपाईं जित्नु हुन्छ, मेरी आमाले क्यान्सरलाई जितेर, बाँच्ने सहास गरेर त १८ महिना बाच्नुभयो । त्यसैले आपूmलाई कमजोर नसम्झिनु होस् । तपाईं क्यान्सरलाई जित्नु हुन्छ । आफन्तलाई भन्न चाहान्छु, क्यान्सर एउटा यस्तो अदृश्य चीज हो ।

हामी मान्छेका लागि दुस्मन हो तर हामी हार्छांै लास्टमा उसैले जित्छ । यो पीडा तपाईंलाई मात्र हाइन, मलाई पनि परेको छ । हामी धेरै चीजको अभावमा बाचिरहेका हुन्छौँ । त्यो समयमा कैयौँ । आफन्त पनि टाढा पुग्छन् । त्यसैले एक व्यक्तिको रोगले अर्को व्यक्तिलाई पनि रोगको सिकार नगराउनु होला, जति पीडा भए पनि बिरामीलाई साहस दिउँ । जति बाँचे पनि हाँसेर बाच्न सिकाउ । आपैm पनि साहससाथ बाँच्न सिकौँ । जसले बाँचुन्जेल आनन्द आउने छ । हाँसेर बाँचौँ । सपना देखेर बाँचौँ । हामीलाई छोडेर गएकाहरूका सपना सकेसम्म पूरा गर्ने आँट र साहस गराँै । यही चाहना छ । म यही बाटोमा हिँडेकी छु । हिँडिरहेने छु । अन्तिममा आमा सधैँ सम्झिरहेने छु । हजुरलाई सम्झन मलाई कुनै विशेष दिन चाहिदैन । आज त मैले हजुरले भोगेका दुःख पीडा सेयर गरेकी हुँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार