मोटरसाइकल चोरी गन दुई जना पक्राउ

मोरङ । मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ३ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले मोटरसाइकल चोरेर अर्को नम्बर प्लेट लगाएर चलाउने गरेका थिए । नेपाल टेलिकमको कम्पाउण्डबाट चोरिएको को ५ प ९६०५ नम्बरको डिस्कभर मोटरसाइकल खोज्ने क्रममा उनीहरुबाट थप दुई वटा चोरीको मोटरसाइकल बरामद गरिएको मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाँउपालिका वडा नं. १ का बासु राजवंशी र विराटनगर महानगरपालिका वडा नं. २ का निशल भण्डारी रहेका छन् ।

उनीहरुलाई चोरी ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । मोरङमा गत आर्थिक वर्षमा ५२ वटा मोटरसाइकल चोरी भएको घटना दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार