बुलबुलले रोजिन डेब्यु हिरो ऋतिकलाइ


जी टिभीको चर्चित सिरियल “कुमकुम भाग्य” मा बुलबुलको क्यारेक्टरमा सबैको मन जितेकी मृणाल ठाकुरले बलिउडमा डेब्यु गरेकीछिन् ।

उनले चर्चित नायक ऋतिक रोसनको चर्चामा रहेको फिल्म ‘सुपर ३०’ मा काम गरेकीछिन् । हाल सुटिङ भईरहेको यस फिल्ममा मृणाल ऋतिकको नायिकाको रुपमा रहेको चर्चा छ ।

मृणालले यसअघि सलमानको फिल्म ‘सुल्तान’ को अफर अस्वीकार गरेकी थिईन् ।तर उनले आफनो डेब्युको लागि ऋतिकलाई रोजेकीछिन् । आनंद कुमारको बायोपिकमा बन्ने फिल्म ‘सुपर ३०’ मा ऋतिक रोशनले आनंद कुमारको भुमिकामा रहेका छन् भने उनी यस फिल्ममा गणित शिक्षक बनेका छन् ।

प्राय लभस्टोरी र एक्सन बेसका फिल्महरुमा काम गरेका ऋतिकले पहिलो पटक बायोपिक फिल्ममा काम गर्न लागेका हुन् । फिल्मलाई विकाश बहलले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार