बानेश्वरको एभरेष्ट होटेलका अध्यक्ष पक्राउ


लागु औषध मुद्धामा १९ बर्षदेखि फरार रहेका राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलका अध्यक्ष मसकुमार अहमद लारी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले निवास महाराजगन्जबाट पक्राउ गरेको हो ।

२०५५ ताका जर्मनी पुगेको २ सय ५० किलो चरेस तस्करीमा उनको संलग्नता देखिएपछि अदालतले वारेन्ट जारी गरेको थियो ।

तर उनी पक्राउ परेको थिएनन् ।

महारजगन्जस्थित घरमा बस्दै आए पनि प्रहरीले नदेखेझै गर्दै आएको थियो । आजको नागरिकदैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार