तीन खर्ब बजेट आगामीलाई नपुग

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनुपर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । तर, हालै बसेको स्रोत समितिको बैठकले सवा १२ खर्बको हाराहारीमा मात्रै स्रोत संकलन गर्न सकिने अनुमान गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत चालू आर्थिक वर्षको बजेटभन्दा पनि कम हो । चालू आवमा १२ खर्ब ७८ अर्ब स्रोत जुट्ने भन्दै सोही आकारको बजेट सार्वजनिक गरिएको थियो ।

प्रारम्भिक रूपमा स्रोतको समीक्षा गर्दा आगामी बजेटअनुरूप कम नै हुने देखिएको अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए । प्रदेशको विभाज्य कोषमा जाने राजस्वको हिस्साबाहेक करिब सवा १२ अर्बजति स्रोत जुट्ने प्रारम्भिक अनुमान गरिएको जानकारी उनले दिए । आजको नयाँ पत्रिकामा खबर छ ।

‘बजेटको स्रोतमा निश्चय पनि दबाब छ । यद्यपि, संघीय संरचनामा कुन–कुन निकाय रहने, कसरी रहने र कति कामहरू तल्ला तहमा जाने भन्ने कुराको यकिन भएपछि मात्रै संघीय बजेट कत्रो हुने टुंगो लाग्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार