‘नाई नभन्नु ल ५’ मा हुनेछन् यी कलाकार !


काठमाडौं । नेपालको अहिलेसम्मको लामो सिक्वेल फिल्म ‘नाईं नभन्नु ल’को पाचौँ सिरिजमा पनि नाम चलेका स्टार कलाकारहरु हुने भएका छन् ।

फिल्मका निर्देशक बिकास आचार्यका अनुसार फिल्ममा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।

स्क्रिप्टको काम सक्किसकेको फिल्ममा गीतसंगीत पनि तयार भईसकेका छन् । फिल्ममा अन्य कलाकारहरुको भने टुङ्गो लागिनसकेको आचार्य बताउँछन् ।

अरु कलाकारको टुङ्गो लाग्ने बित्तिकै फिल्म छायांकनमा जाने छ । ९० प्रतिशत छायांकन इलाम र बाँकी काठमाण्डौँ छायांकन हुने यो फिल्म चैत १५ देखी फ्लोरमा जाँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार