ताप्लेजुङको अधिकांश स्थान सञ्चारविहीन


ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवामा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासी सञ्चारको पहुँचवाट वञ्चित भएका छन् । विगत दुई साता देखि सो टावरले काम नगर्दा मिक्वाखोला गाउँपालिकाका अधिकांस वडा, साथै मेरिङदेन गाउँपालिकाका नाल्वू, थुकिमा लगायतका गाउँका स्थानीयवासी सञ्चार सेवावाट वञ्चित भएका हुन् ।

विगत दुई सातावाट सञ्चार सेवाको पहुँचवाट वाहिर हुँदा स्थानीय जनता समस्यामा परेको गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष डण्डु शेर्पा वताउनुहुन्छ ।दुई सातामा पनि सञ्चार सेवा सुरु नभएपछि आफू सदरमुकाम आएर वुझ्दा टेलिकमका कर्मचारीले आफूहरु वेखवर भएको वताएको शेर्पाले वताउनुभयो ।

दुई सातामा पनि सेवा सुचारु नहुँदा आफूहरुलाई मलामी देखि अत्यावश्यक विषयको जानकारी गराउन पनि आफैँ धाएर जानुपर्ने वाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार