सप्तरीमा रासायनिक मल अभाव

 353 पटक हेरिएको


राजविराजस । सप्तरीमा गहुँ छर्ने बेलामा रासायनिक मलको अभाव भएको छ ।

राजविराजस्थित कृषि सामग्री केन्द्र लिमिटेडले आयात गरेर वितरण गर्नुपर्ने मल समयमा उपलब्ध नगराउँदा मलको अभाव भएको हो ।

कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्थामार्फत जिल्लाका किसानलाई मलखाद उपलब्ध गराउँदै आएको थियो । अहिले जिल्लामा युरिया र डिएपी मल उपलब्ध नगराउँदा किसान भारतीय बजार र राजविराजलगायतका बजारमा प्रतिकिलो रु ५० भन्दा बढी मूल्यमा मल किन्न बाध्य भएका राजविराजका कृषक पुरण साहले गुनासो गर्नुभयो ।

डिलरहरुले डिएपी मलखाद निर्धारित मूल्यभन्दा प्रतिबोरा रु ३०० देखि रु ५०० बढीमा बिक्री गर्ने गरेका छन् ।

कृषि सामग्री केन्द्र लिमिटेडले दुई-तीन दिनमा मलखाद बिक्री वितरण सहज हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार