प्राइम लाईफले १२.५ प्रतिशत बोनस सेयर दिने

प्राइम लाईफ इन्स्योरेन्सले १२.५ प्रतिशतका दरले बोनस शेयर दिने भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सले माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयरधनीलाई समेत हुने गरि १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश दिने भएको छ ।

कम्पनीले दिएको बोनस दर हकप्रद बाहेक ३२.५ प्रतिशत बराबर हुन आउछ । हकप्रद वितरण र प्रस्तावित बोनस सेयर पारित पछि कम्पनीको पुँजी १ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार