सत्ताइस लाख ठगी गरी फरार व्यक्ति पक्राउ

 266 पटक हेरिएको


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले रु २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र रु दुई लाख जरिवना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई आज बाँसबारीबाट पक्राउ गरेको हो ।

पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिको नामको कम्पनी खोली वैदेशिक रोजगारीमा इजाजत पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए ।

पक्राउ पाण्डेलाई वैदेशिक रोजगार ऐन, २०६४ विपरीतको कसुरबमोजिम काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार