बैंकमा रित्तिन थाल्यो पैसा, पाँच अर्ब दिँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता कम भएपछि नेपाल राष्ट्र बैंकले बिहीबार पाँच अर्ब रुपैयाँ बजारमा पठाउँदै छ । केन्द्रीय बैंकले विकास ऋणपत्र बोलकबोलबाट सोझै खरिद गरेर उक्त रकम बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।

अहिले बैंक तथा वित्तीय संस्थामा २० अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा तल रहेकाले केन्द्रीय बैंकले ऋणपत्र खरिद गरेर बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो । अहिले अन्तरबैंक ब्याजदर ४.९७ प्रतिशत छ ।

बैंकहरुलाई स्थाई तरलता सुविधा अन्तर्गत विकास ऋणपत्र र ट्रेजरी विल धितोमा राखेर रकम लिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार