नेपाल र नामिबियाबीचको क्रिकेट प्रत्यक्ष प्रशारण हुने

विराटनगर । बिहीबार नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन–टु अन्तर्गत पहिलो खेल नामिबियासँग खेल्दैछ । नेपाली टोली केही दिनअघि नै नामिबिया पुगिसकेको छ ।

आज हुने उक्त खेल प्रत्यक्ष रूपमा हेर्न पाइने भएको छ । नामिबिया क्रिकेटले नेपाल र नामिबियाबीचको उक्त खेल प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।

नामिबिया क्रिकेटले बुधबार आफ्नो आधिकारिक फेसबुकमार्फत् खेल प्रत्यक्षण प्रशारण हुने जनाएको हो । तर, उसले डिभिजन–टु मा हुने नामिबियाको खेल मात्रै प्रशारण गर्ने बताएको छ ।

नामिबियाले आफ्नो अफिसियल फेसबुक पेजबाट खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । खेल नेपाली समयअनुसार आज दिउँसो ठीक १ः१५ बजेबाट सुरु हुने तालिका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार