नुवाकोट । भूतपूर्व सैनिकका विधवा पत्नीले पूरै पेन्सन उपलब्ध गराउन प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग माग गरेका छन् ।
दुई दशकभन्दा लामो समय सेनामा सेवा गरेका पूर्वसैनिकका पत्नीले आफूहरु एकल भएकै कारण दोस्रो दर्जाको नागरिकसरह भएर बाँच्नुपरेको गुनासो गर्दै यस्तो माग अघि सारेका हुन् ।आफ्ना श्रीमानले सेवा छाडेकै बेलाको जस्तो पूरै पेन्सन दिनुपर्ने उनीहरुको माग छ । समाचारमा लेखिएको छ, नुवाकोट, रसुवा र धादिङका उनीहरुले यस्तो माग गरेका हुन् ।
एकल महिलाको मागमा आफू सकारात्मक रहेको जनाउँदै प्रधानसेनापतिले यस सम्बन्धमा छलफल भइरहेको बताए । चाडै सकारात्मक सन्देश आउने आश्वासन उनले दिए ।।