देशभरको मौसम बुधबार सामान्यतया बदली हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्यूनचापीय प्रणाली तथा अरब सागरबाट आएको दक्षिण–पश्चिमी वायुको प्रभावले बदली हुने भएको हो ।
मौसमविद राजु प्रधानाङ्गले बुधबार देशका पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिए । मंगलबार राति हुम्लाको सिमिकोटसहित उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बुधबार पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
हिमाली क्षेत्रमा पूर्व, मध्ये तथा पश्चिमका सबै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए ।