‘ब्लाइन्ड रक्स’को टेलर सार्बजनिक


नायिका बेनिसा अभिनित चकचित्र जुन दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण यूनिटको उपस्थितिमा सृष्टिको जीवन संघर्षको कथा बोल्ने फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

नायिका बेनिशा हमालले पर्दामा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित यो फिल्म फागुन १८ गतेबाट देशव्यापी प्रदर्शनमा ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका बेनिशाले आफ्नो लागि ‘ब्लाइन्ड रक्स’ मा सृष्टिको भूमिका न्यायपूर्वक निर्वाहा गर्नु चुनौतीपूर्ण रहेको बताइन् ।

उनी भन्छिन्, ‘मेरो तर्फबाट शतप्रतिशत दिएको छु जस्तो लाग्छ । मेरो लागि यो भूमिकाले ठूलो अर्थ बोकेको छ ।’यस्तै, निर्देशक मिलन चाम्सले ‘ब्लाइन्ड रक्स’ मा बेनिशाको अभिनय हेरेपछि सबैले तारिफ गरे ।
एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको कथा यम थापा र सुमन उप्रेतीले तयार पारेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार