फोरमले मानेन राजपाको यस्तो प्रस्ताव

काठमाडौं । प्रदेश २ मा मुख्यमन्त्री आलोपालो गर्नुपर्ने राष्ट्रिय जनता पार्टी नेपालको प्रस्ताव संघीय समाजवादी फोरम नेपालले अस्वीकार गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रदेश सरकार निर्माणका लागि दुई दलका बीचमा जनकपुरमा भएको छलफलमा सिट बाँडफाँट हुन सकेन ।

बैठकमा राजपा नेपालले प्रदेश सरकार निर्माण गर्दा मुख्यमन्त्री दुवै पार्टीले आलापालो गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

फोरमले भने मुख्यमन्त्रीमा आफ्नो एकल दाबी प्रस्तुत गरिसकेको छ ।

फोरम नेपालकी उपाध्यक्ष उवं प्रदेश २ की संयोजक रेणु यादवले मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राजपाबाट आए पनि कुनै सहमति हुन नसकेको बताएकी छन् ।

प्रदेश सरकार राजपा नेपाल र फोरम नेपालकै सहमतिमा बन्ने निश्चित भएको उनले बताइन् । उनले भनिन्,

-मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राजपाबाट आएको हो ।

-तर, त्यसमा सहमति हुन सकेको छैन ।

-मुख्यमन्त्री फोरम नेपालकै हुन्छ ।

-प्रदेश सरकारको नेतृत्व फोरमले नै गर्छ ।

-अरु पदमा सहमति गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार