ताइवानमा शक्तिशाली भूकम्पको धक्का


ताइवानको हुवालिन शहरमा ६ दशमलब ४ म्यागनिच्युडको भूकम्प गएको छ । भूकम्पका कारण एउटा १७ तले आवासीय भवन भत्किएको छ भने कम्तीमा तीन जनाको ज्यान जानुकाे साथै सयाैं घाइते भएका छन् ।

स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो । ताइवानी अधिकारीका अनुसार भूकम्पबाट कैयौं अग्ला भवनहरु भत्केको जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा कैयौं सडक र भवनमा क्षति पुगेको देखिन्छ ।

भूकम्पका कारण कैयौं भवनमा फसिरहेका नागरिकलाई उद्धार गर्ने कार्य भैरहेको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार