प्रदेश न. ७ अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा दशरथचन्द नगरपालिका –६ थालीगाडास्थित एक खुद्रा पसलमा आज आगलागी हुँदा करिब रु २७ लाख मूल्य बराबरको क्षति भएको छ ।
जगन्नाथ इङलिस बोर्डिङ स्कुलसँगै जोडिएको दिलीप सिंह पेलाको खुद्रा पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
आगलागीबाट विद्यालयको केही भौतिक सामग्रीसमेत जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।