आईसीयूमा रहेका जोनको अवस्था कस्तो छ ?


ललितपुर । फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ ।जोनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् ।

ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक ओम अधिकारीले ‘स्थिति सुधारोन्मुख’ भएको जानकारी दिए ।उनले भने, ‘उनी अहिले खतराबाट मुक्त छन्, आईसीयूमा उपचार भइरहेकोले त्यसै सम्पूर्ण अवस्था ठीक त भन्न सकिन्न ।’

उनको हिउँले खाएर प्लास्टर गरिएको दुवै खुट्टाको अवस्था राम्रो हुँदै गएको चिकित्सकले जनाएका छन् । जोनकी आमा रिमाले छोराको अवस्था अझै नाजुक रहेको बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार