राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्य उपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गरेका छन ।
मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उनको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उनले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्नेछन ।