बालिकालाई बलात्कार गर्ने दुई जना पक्राउ

पाँच बर्षिया बालिकालाई बलात्कार गरेको घटना बहिरिएको भोलिपल्ट भक्तपुरमा अन्य दुई बालिका बलात्कृत भएका छन् । सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा दुई युवतीहरुलाई बलात्कार गरेको अभियोगमा अमिर पण्डित र सन्दीप रायलाई प्रहरीले पक्राउ गरेको छ ।

सृजनानगर डेरा गरी बस्ने सर्लाहीको बरहथवा घर भएका २२ बर्षीय पण्डित र सोही ठाउँ घर भई काठमाडौँ बानेश्वर बस्ने २८ बर्षीय रायले सोमबार दुई युवतीलाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरुले सोमबार राति सिन्धुपाल्चोक बाह्रबिसेकी १५ वर्षीया र मध्यपुर ठिमी नगरपालिका–८ चपाचोककी १४ वर्षीया बालिकालाई कोठामा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले पण्डित र रायको साथबाट १ थान चक्कु समेत बरादम गरेको छ ।

यसैबीच, मुस्ताङमा बृद्ध महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा घोरपझोङ गाउँपालिका–१ चिमाङ बस्ने ३१ बर्षीय सुनबहादुर बिक पक्राउ परेका छन् । विकले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ७० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, सुनसरीमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा खोटाङ दिप्रुङ गाउँपालिका–३ बस्ने २२ बर्षीय नबिन राई पक्राउ परेका छन् ।

राईले गत पुस १३ गते धनकुटाको चौबिसे गाउँपालिका–५ घर भई सुनसरीको धरान उपमहानगरपालिका–१६ बस्ने २० बर्षीया युवतीलाई सोही उपमहानगरपालिका–२ स्थित संखुवासभा होटलको कोठा नम्बर १०२ मा लगेर जवरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय धरानमा सोमबार जाहेरी प्राप्त भएपछि राईलाई प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार