चर्चित एवं लोकप्रिय गायक प्रमोद खरेलको को स्वरमा रहेको ‘साचो माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।
शुक्र खिम्बुले राईको शब्द तथा रचनामा रहेको यस गीतलाई रवि लामाले संगीत भरेका छन् । उक्त गीतको म्युजिक भिडियोलाई नेपालको आधिकारीक युट्युब च्यानल हाम्रो प्रतिभा मार्फत सार्वजनिक गरिएको छ ।
मोडल पुस्पल खड्का, आसा खड्का र प्रेम लिम्बुको असाध्यै राम्रो अभिनय रहेको यस गीतको निर्देशन महिला निर्देशिका कृस्टी लिसरा राई ले गरेकी छिन् । उक्त गीतमा सुमन कोइरालाको छायाँकनमा र सम्पादन रहेको छ।
पुर्ख्यौली घर भोजपुर चरम्बी भई हाल कोरियामा कार्यरत रहेको राईले प्रेम कथामा आधारित रहेको यस गीतमा निकै मार्मिक शब्द संकलनका गरेका छन् । साथै उक्त गीतमा स्वर पनि उतिकै मिठास सुन्न पाइन्छ । यस गीतको सफलताको लागि तपाईकोखबर डटकमको तर्फबाट शुभकामना ।