ट्रयाक्टरको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

बाराको विश्रामपुर गाँउपालिका–५ को इटियाहीमा ट्रयाक्टरको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ।

ना. २ त ४७१९ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोमबार साँझ स्थानीय मखन पासवानकी छोरी मनिषाकुमारी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताए।

ठक्कर दिने ट्रयाक्टर र चालकलाई प्रहरी चौकी मुसहर्वाले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार