सांसद हुनेबित्तिकै कर्तुत बाहिरिएपछि माओवादीकी सुष्मा यादव तनावमा

प्रदेश ५ की माओवादी सांसद सुष्मा यादव किर्ते हस्ताक्षरमा तानिएपछि उनी अहिले तनावमा छिन् । उनीविरुद्ध मायादेवी गाउँपालिका १ सेमराका सञ्जय तिवारीले सांसद यादव र स्थानीय राजेश कलवारविरुद्ध चेकमा किर्ते हस्ताक्षर गरेको आरोपमा गत पुस १२ मा मुद्दा दर्ता गरेका थिए ।
मायादेवी गाउँपालिका १ बर्रोहिया–पचेहरा सडक ग्राभेल गर्न गठित उपभोक्ता समितिको कोषाध्यक्ष हुँदा कुनै जानकारी नदिई अध्यक्ष रहेका कलवार र सचिव यादवको मिलेमतोमा रकम हिनामिना गरेको आरोप सुष्मालाई लगाइएको छ ।

कसरी भयो किर्ते ?

गत आर्थिक वर्ष ०७३/७४ मा सडक मर्मत तथा स्तरोन्नति गर्न जिल्ला विकास समितिबाट ६ लाख उपभोक्ता समितिको खातामा भुक्तानी भएको थियो । दुवैजना मिलेर आफ्नो किर्ते दस्तखत गरी अन्तिम किस्ताबापतको ७२ हजार रुपैयाँ झिकेको तिवारीको आरोप छ । ‘०७४ असार २१ गते राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाबाट अध्यक्ष कलवारको नाममा ७२ हजार झिकेको देखिएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ जनाको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी समितिको नाममा खाता खोलिएको थियो । तिवारीका अनुसार पहिला २/३ पटक दस्तखत गरे पनि पछि थाहै नदिएर रकम झिकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार